We have one guest and no members online
सुनुवार सेवा समाज संस्कृति तथा अनुसन्धान विभागले वर्षभरि मनाउने सुनुवारहरुको चाडपर्व, सुनुवारको विगत, वर्तमान र भावी नीति विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । सुनुवार चिनारी पुस्तक प्रकाशन गर्न सम्पादनकार्य भईरहेको छ । त्यस्तै गरी संघीय प्रणाली अनुसार सुनुवार सेवा समाजको विधान संशोधन तथा संगठन विस्तार विषयक अध्ययनको लागि पनि गृह्यकार्य गरिरहेको छ । भाषा संस्कृति विकासको लागि रामेछाप र ललितपुरमा मातृभाषा प्रशिक्षण तथा चुप्लु समाज र सुनुवार डट ओआरजिसँग सहकार्य गर्दै अनलाइन भाषा प्रशिक्षण पनि चलाएको छ । विभिन्न लेखक, विद्वानहरुलाई मातृभाषामा लेखन तथा खोजअनुसन्धान गर्न सहयोग गर्ने नीति अवलम्बन गरिरहेको छ ।