We have one guest and no members online

organization

सुनुवार सेवा समाज संगठन, अनुगमन तथा मुल्यांकन विभागले तीव्ररुपमा संगठन सुदृढीकरण तथा विस्तार कार्य गरिरहेको छ । केन्दीय समितिको निर्देशनानुसार सुनुवार सेवा समाज धनुष जिल्ला प्रथम जिल्ला सम्मेलन सम्पन्न गरेको छ । त्यस्तै गरी देशका सबै स्थानीय सुनुवार सेवा समाज पुनःगठन तथा विस्तारक्रममा कुँबुकाँस्थली, हिमर्गगा, फर्पु गाविसस्तरीय संगठन पुनगठन गरेको छ भने दोलखा तथा रामेछाप जिल्ला सम्मेलन गर्न केन्द्रीय सदस्य अमृत सुनुवारलाई जिम्मेवारी सुम्पेको छ । ओखलढुंगा जिल्ला सम्मेलन तयारी समिति गठन गरी सम्मेलन तयारीमा रहेको छ भने देशव्यापीरुपमा आदिवासी जनजातिको सवालमा कानुनी सचेतना, जनवाकलता तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने क्रममा छ ।